Welcome

You are here  :
पृष्ठभूमि PDF Print E-mail

भुमिसुधार तथा व्यवस्थापन विभागको ऐतिहासिक पृष्ठभुमि ऋगवेद कालदेखि शुरु भएको पाइन्छ । अथर्वद, मनुस्मृति, रामायन, महाभारत, र कौतिल्यको अर्थशास्त्रमा भुमि राज्यको सम्पतिको रुपमा उल्लेख भएको देखिन्छ । भुमिको उपायोग गरे वापत राज्यलाई निश्चित कर बुझाउन पर्ने चर्चा वैदिक कालमा पनि भएकोले भुमिको प्रशासन त्यस बेला देखि राज्यद्धारा नै संचालन भएको स्पष्ट हुँदा यसैको विकसित स्वरुप वर्तमान भुमिसुधार तथा व्यवस्थापन विभाग हो । लिच्छवी, मल्ल र राणाकालमा भुमि सम्बन्धमा भएका व्यवस्थाहरुबाट वैदिक कालको भुमि माथिको राजस्व त प्रशासनले निरन्तरता पाएको देखिन्छ । वि सं १९७८ मा रजिष्ट्रेशन अड्डा स्थापना भै वि सं १९७९ वैशाख १ गतेबाट लिखत पारित गर्ने कार्य प्रारम्भ भएको र त्यस सम्बन्धमा वि सं १९९२ को माल सवाल आदिले भुमि प्रशासन हेर्ने सरकारी निकायको संस्थागत विकास भएको पुष्टि हुन्छ । भुमिसुधारको विकासक्रम २००७ सालको राजनैतिक परिर्वतन पछि भुमिदारी अधिकार प्राप्ती कानुन, २००८, भुमि जाँच कमिसनको गठन, २००८, शाहि भुमिसुधार कमिशनको गठन, २००९, १३ सुत्रिय योजना, २०१२, जग्गा र गजग्गा कमाउनेको लगत खडा गर्ने ऐन , २०१३, भुमि सम्बन्धी ऐन, २०१४ , विर्ता उन्मुलन ऐन, २०१६, कृषि सम्बन्धी (नयाँ व्यवस्था) ऐन , २०१९ जस्ता कमिसनको गठन र ऐनहरु लागु हुनु लाई लिन सकिन्छ ।

Last Updated on Wednesday, 19 October 2011 16:25
 

CONTACT ADDRESS

Ministry of Land Reform and Management
Department of Land Reform and Management
[ DOLRM ]
Babar Mahal,Kathmandu, Nepal
Tel: (+977 01) 4220028, 4423049,Fax: 977 1 4230585
Email:
dlr@wlink.com.np